रुपन्देही–३ बाट माओवादीका खाँले उम्मेदवारी फिर्ता लिए, गृहमन्त्री खाणलाई समर्थन
भैरहवा । रुपन्देही–३ मा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका इम्दाद हुँसेन खाँले उम्मेदवारी फिर्ता लिएका छन् ।
भैरहवास्थित निर्वाचन कार्यालयमा गएर बुधबार खाँले आफ्नो मनोनयन फिर्ता लिएका हुन् ।
खाँले नेपाली कांग्रेसको तर्फबाट रुपन्देही– ३ प्रतिनिधि सभामा मनोनयन गरेका गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गर्ने जनाएका छन् । खाणलाई सत्तागठबन्धनका दलहरूको समर्थन छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खाँलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि फिर्ता लिएर खाणलाई समर्थन गरेको जनाइएको छ ।
उम्मेदवारी फिर्ता लिएपछि उनले सत्तारुढ गठबन्धन एकजुट भएर जाने बताएका छन् ।
रुपन्देही– ३ प्रदेश सभा ‘क’मा पनि माओवादी केन्द्रका नेताले सत्तागठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी दिएका फैज अहमद खाँले पनि उम्मेदावारी फिर्ता लिएका छन् ।
सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क१’मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही–३ प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया