अन्यायमा परेका कार्यकारी अध्यक्ष अधिकारीले आंशिक न्याय पाए

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले अधिकारीलाई काम गर्न दिने आदेश दिएको हो ।

सर्वोच्चले अधिकारीलाई निगमको अध्यक्षमा कामकाज गर्न यसअघि एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएपछि खुसीयाली छाएको छ ।

सरकारले गत असार ६ गते अधिकारीलाई निलम्बन गरेलगत्तै अधिकारी सर्वोच्च पुगेर अल्पकालीन आदेश लिएका थिए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अधिकारीमाथि ठूलो अन्याय गरेका थिए ।

आलेले मन्त्री पदको गरिमा भुलेर कार्यकारी अध्यक्ष अधिकारीमाथि भौतिक आमण गर्नुका साथै प्रतिशोधका लागि कारबाही प्रक्रिया अगाडि बढाएका थिए ।

सर्वोच्च अदालतले अधिकारीलाई काम गर्न दिनु भनेर अन्तरिम आदेशलाई निरन्तरता दिएपछि न्यायको राहत मिलेको छ ।

Published : Tuesday, 2022 October 11, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया