रोज राणाद्वारा मनोनयन दर्ता, कांग्रेसले प्यूठानमा यस पटक खाता खोल्ने

काठमाडौं । नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति रोज राणाले प्रदेशतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार सभापति राणाले प्यूठानस्थित निर्वाचन कार्यालयमा उपस्थित भएर मनोनयन दर्ता गराएका हुन् ।

नेपाली चलचित्रका निर्माता, अभिनेता समेत रहेका राणाले प्यूठानको प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’बाट मनोनयन दर्ता गराएका हुन् ।

उलने आफूसहित गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् । उनले भने, ‘कांग्रेसको केन्द्रीय नीतिअनुसार हामी अगाडि बढ्नुपर्छ । सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउनुपर्छ ।’

प्यूठानमा प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल उम्मेदवार बनेकी छिन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’मा माओवादी केन्द्रका कृष्ण अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

प्यूठान राष्ट्रिय जनमोर्चासहितका कम्युनिस्ट पार्टीको किल्लाका रुपमा परिचित छ । यस पटक सत्ता गठबन्धनले कांग्रेसलाई प्यूठानमा खाता खोलाउने तयारी गरेको छ ।

Published : Monday, 2022 October 10, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया