दसैँका अवसरमा मुस्लिम आयोगमा विशेष कार्यक्रम, अन्सारीले दिए शुभकामना
काठमाडौं । मुस्लिम आयोगले हिन्दू धर्मालम्बीहरूको महानपर्व दसैँका अवसरमा शुभकामना दिएको छ ।
बिहीबार आयोगको मुख्यालय ललितपुरको जावलाखेलमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष समिम मियाँ अन्सारीले दसैँ पर्वका अवसरमा शुभकामना दिएका हुन् ।
काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल, दलित आयोग, समावेशी आयोग, ललितपुरका प्रहरी प्रमुखलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्ष अन्सारीले सबै जातजाती र धर्म संस्कृतिका कारण नेपालको भ्रातृत्व मिलेर बसेको बताए । उनले सबै जतजातीका लागि नेपालमा स्थान रहेको बताए ।
आयोगका अध्यक्ष अन्सारीले सबैको धर्म र संस्कृति आ–आफ्नै रहे पनि मिलेर बसेको भन्दै सोही कुराले नेपाल विशिष्ट अवस्थामा रहेको बताए ।
कार्यक्रममा शुभकामना दिन सबै वक्ताहरूले कुनै पनि धर्म विशेषलाई भन्दा पनि नेपालीहरूले आ–आफ्नो पहिचानलाई बचाएर राखेकै कारण नेपाल विश्वमा उत्कृष्ट रहेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया