ओलीको यस्तो छ बबाल योजना
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले टिकट वितरणमा बबण्डर मच्चाएका छन् ।
फरक मत राख्ने आफ्ना विरोध १० जना नेताहरूविरुद्ध ओलीले पाताकसेर लगेका छन् । ओलीले अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, भीमबहादुर रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, झपट रावल र यज्ञराज सुनुवारलाई पेलेर लैजाने नीति बनाएका छन् ।
ओलीले असन्तुष्ट पक्षका १० जना नेताहरूलाई टिकट दिने पक्षमा छैनन् । टिकटका लागि उनीहरूले आमात्मालोचना गर्नुपर्ने अडान ओलीको छ ।
ओलीले १० बुँदे सहमतिमार्फत पार्टीमा बसेका असन्तुष्ट नेताहरूलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकट नदिने योजना बनाएको बुझिएको छ ।
ओलीले १० बुँदे सहमति अक्षरंश पालना गर्छु भन्दै असन्तुष्ट नेताहरूलाई फर्किएका थिए । अहिले आएर ओलीले आफ्ना विरोधीहरूलाई भित्तामा पुर्याउने योजना बनाएको एक नेताले बताए ।
माधवकुमार नेपाललाई छाडेर भीमबहादुर रावलसहितका नेताहरू एमालेमा फर्किएका थिए । उनीहरूको राजनीति ओलीका कारण सुरक्षित छैन ।
एमालेभित्र असन्तुष्ट समूहका कारण ठूलो बबण्डर भएको छ । एमालेमा कुनै पनि बेला अर्को विष्फोट हुने अवस्था सिर्जना भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया