नेपाल-भारतको सीमामा हुने समस्याबारे एपीएफ र एसएसबीबीच वार्ता
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच छैठौं समन्वयात्मक बैठक बसेको छ ।
सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा बिहीबार सुरु भएको सो बैठकको बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गरेका थिए ।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायवीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको एपीएफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया