भण्डारीविरुद्ध तरुण दलसहितका युवाहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने
काठमाडौं । नेपाल तरुण दलसहित तीन युवा संस्थाहरूले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
काठमाडौंमा बुधबार बसेको तरुण दल, युवा संघ नेपाल र योङ कम्युनिस्ट लिग नेपालका केन्द्रीय अध्यक्षहरूको बैठकले बिहीबार दिउँसो २ बजे काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङका अनुसार बिहीबार असार ६ गते दिउँसो २ बजे काठमाडौंको माइतीघर मण्डलामा भण्डारीविरुद्ध प्रदर्शन गरिनेछ ।
संसदले दुई पटक पारित गरेर नागरिकता विद्येयकलाई पठाउँदा पनि राष्ट्रपति भण्डारीले एमालेको उक्साहटमा जारी गर्न अस्वीकार गरेको आरोप तीन युवा संस्थाका अध्यक्षहरूको आरोप छ ।
विज्ञप्तिमा तरुण अध्यक्ष विद्वान गुरुङ, युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही र योङ कम्युनिस्ट लिग नेपालका अध्यक्ष सुवोधराज सेपाइलीले हस्ताक्षर गरेका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया