साँस्कृतिक संघले बनाएको कांग्रेसको चुनावी गीत चौधरी र खतिवडाद्वारा सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल साँस्कृकि संघले मंसिर ४ गतेलाई लक्षित गरेर चुनाव गीत ‘मंसिर चार’ सार्वजनिक गरेको छ ।
शनिबार कांग्रेस पार्टी कार्यलय सानेपामा कार्यक्रम राखेर गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
खानेपानीमन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरी खतिवडा लगायतले गीत सार्वजनिक गरेका हुन् ।
सह–महामन्त्री चौधरीले मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर सांस्कृतिक संघले जुन गीत ल्याएकोमा खुसी व्यक्त गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले साँस्कृतिक संघले मंसिर ४ गतेको निर्वाचनका लागि भनेर तयार गरेको गीत आफूलाई मन परेको बताएका छन् ।
सबै नेपालीको भावना र मर्म समेटिएको गीत नेपाली काँग्रेसलाई निर्वाचनमा जिताउन महत्वपूर्ण हुने खतिवडाले बताएका छन् ।
साँस्कृति संघका सभापति तीर्थ थापाले नेपाली कांग्रेसलाई स्थानिय निर्वाचनमा जिताउन यस्ता कयौं गीत ल्याएको स्मरण गर्दै मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसको जित सुनिश्चितताका लागि गीत निर्माण भएको बताए ।
पार्टीको नेतृत्व तहले साँकृतिक संघको भूमिका र योगदान नदेखेको गुनासो गरेका थापाले नेपाली कांग्रेसलाई निर्वाचनमा हरकिसिमबाट सघाउन संघ तयार रहेको बताए ।
साँस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई जनतासमक्ष जान सजिलो होस् भनेर गीत निर्माण गरिएको बताए ।
साँस्कृतिक संघका सह–महामन्त्री लेखबहादुर पुन, अभिनेता बिक्रान्त बस्नेत लगायत कांग्रेस निकट थुप्रै कलाकार उपस्थिती कार्यक्रममा रहेको थियो ।
गीतमा राधिका हमाल, शशिबिक्रम थापा, गोबिन्दमधुर आचार्य, स्मृति शाही लगायतको स्वर रहेको छ । शब्द लोकराज अधिकारीका र संगीत गोबिन्दमधुर आचार्यको रहेको छ ।
बिक्रान्त बस्नेत, शिवहरि बैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का, श्रृजना घिमिरे, सरु थपा, गान्दीप गिरी, नवीन गिरी, शिव शंकर रिजाल ‘जोगिन्दर’, अर्जुन गिरी, राजेन्द्र खत्री, उत्तम थापा लगायतको अभिनय गीतको भिडियामा देख्न सकिन्छ ।
तीर्थबहादुर थापाको निर्देशन रहेको गीतको भिडियोमा जीवन पराजुलीको छायांकन तथा उत्तर मगरको सम्पादन रहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया