प्रेस काउन्सिलले क–कसलाई दियो पुरस्कार ? सूचीमा रिपब्लिका पनि

काठमाडौं । प्रेस काउन्सिल नेपालले वरिष्ठ पत्रकार हरिबहादुर थापालाई गोपालदास पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

काउन्सिलले ५३औं वार्षिकोत्सवको अवसरमा थापालाई सो पुरस्कार प्रदान गर्न लागेको हो । पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्थामध्ये थापालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कारको राशी एकलाख ५१ हजार रुपियाँ रहेको छ ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई प्रदान गरिनेछ । यो पुरस्कारको राशि एकलाख १० हजार रुपियाँ रहेको छ ।

संसदीय मामला, प्रशासकीय संयन्त्र, जलविद्युत लगायतका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार थापा कान्तिपुर दैनिकको पूर्व सम्पादक, अन्नपूर्ण पोष्ट दैनिकको पूर्व सम्पादक र हाल ई–कागज अनलाइनको प्रधान सम्पादक हुन् ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार अन्नपूर्ण दैनिक र वीरगंजको आवाज एफएमलाई प्रदान गरिनेछ ।

यसवर्षको प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार पत्रकारहरू सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारीले पाउनेछन् ।

भाषागत पत्रकारिता पुरस्कार टेकराज थामीले पाउनेछन् ।

क्रियाशील पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी, एकराज पाठक, मनोज जोशी, सुरेश धामी, रिपब्लिका दैनिक डटकमका विमल योगी ‘विनोद’, श्यामनाथ कुँवर, भुपराज खड्का,पुस्कर बुढाथोकी, कृष्ण केसी, र नकुल अर्यालले पाउनेछन् ।

युवा पत्रकारिता पुरस्कारबाट प्रदीप परियार, रविन्द्र काफ्ले, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, दशरथ घिमिरे, केशर रोका, मकर श्रेष्ठ, खगेन्द्र भण्डारी, डिबी बुढा, राजेन्द्र धामी, महेश केसी र हिमा चेम्जोङ पुरस्कृत हुनेछन् ।

साहित्यिक पत्रकारिता पुरस्कार मायामितु न्यौपाने, महिला सशक्तीकरण पत्रकारिता पुरस्कार सञ्चिता घिमिरे, सरिताश्री ज्ञवाली, रमा केसी, र शारदा गैरेले पाउनेछन् ।

समावेशी पत्रकारिता पुरस्कार अजय गोर्खाली, प्रवीणकुमार शर्मा, हेमबहादुर राना ‘कमल’ र सिराज खानलाई दिइनेछ ।

विधागत पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर, आनन्द श्रेष्ठ र जीवन पराजुलीलाई दिइनेछ ।

प्रेस काउन्सिल नेपाल वर्ष कर्मचारी पुरस्कारबाट वितरण सम्परीक्ष अधिकृत रहमतुल्ला मिया र मिडिया अनुगमनकर्ता लोकराज भट्टलाई प्रदान गरिनेछ ।

कर्मचारी प्रोत्साहन पुरस्कार मिडिया अनुगमनकर्ता सम्झना पौडेल र कार्यालय सहयोगी विष्णुप्रसाद न्यौपानेलाई दिइनेछ ।

२० वर्ष सेवा अवधि पुरा गरेका हलुका सवारी चालक देवीबहादुर रानालाई दीर्घ सेवा पदकबाट सम्मानित गरिनेछ ।

Published : Saturday, 2022 September 17, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया