प्रधानमन्त्री देउवाको निर्देशनपछि राधाको हेलिकप्टरबाट उद्धार
काठमाडौं । सरकारले डडेल्धुरामा हेलिकप्टरबाट २१ वर्षीया सुत्केरी राधा ऐरको उद्धार गरेर अस्पताल पु¥याएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि शनिबार राधालाई हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा लगेर उपचार गराइएको आफन्तले जनाएका छन् । राधाले उपचार पाउन नसकेको र स्वास्थ्य गम्भीर रहेको जानकारी प्रधानमन्त्री देउवालाई गराइएको थियो ।
लगत्तै देउवाले सुत्केरीको उद्धार गर्न सचिवालयलाई निर्देशन दिएका थिए । नेपाली सेनाको हेलिकप्टरबाट राधालाई उद्धार गरिएको छ ।
राधा परशुराम–३ शीर्ष निवासी हुन् । सुत्केरी राधालाई स्वास्थ्यमा समस्या देखिएपछि तत्काल हेलिकप्टरबाट उद्धार गरिएको छ ।

Published : Saturday, 2022 September 17, 7:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया