काठमाडौंकै सहकारीमा चोरी
काठमाडौं । सहकारी विभिन्न नाम र काण्डले बदनाम भइरहेका बेला काठमाडौंमा वहुउद्देश्यीय सहकारीमा चोरी भएको छ ।
बिहीबार राति कागेश्वरी मनोहरा नगरपालिका–५ सानो थलीस्थित सिंहदेवी बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ३ लाख रूपियाँ चोरी भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
सहकारीहरूको पैसा ठगीका काण्ड र धन्दाहरूबारे बेलाबेला समाचार आउने गरेका छन् । ती सहकारीविरुद्ध उजुरी पनि पर्ने गरेका छन् ।
सबै सहकारी बदमास र ठग छैनन् । राम्रा सहकारी पनि छन् । आफ्नो उद्देश्यअनुसारको काम गरेर नाफा कमाएर समाज र राज्यप्रतिको दायित्व निर्वाह गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया