चुनावको मुखमा गगन र रामहरिबीच विभाजन ल्याउन भूमिगत गिरोह सक्रिय, आरोपहरूको खण्डन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र केन्द्रीय सदस्य रामहरि खतिवडाबीच विवाद ल्याएर फाइदा लिन एउटा गिरोह सक्रिय भएर लागेको छ ।

थापा र खतिवडाबीच विभाजन ल्याउन भूमिगत गिरोहले चलखेल गरेको रहस्य बाहिर आएको छ । खतिवडाको निर्वाचन क्षेत्र ओखलढुंगामा पर्छ । थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं. ४ मा पर्छ ।

खतिवडाले हराउँदैमा थापा पराजित पनि हुने होइनन् । थापाले जित्दा कांग्रेस र खतिवडा पनि खुसी नै हुन्छन् ।

थापाले पराजित गर्न खोज्दैमा खतिवडा हार्ने पनि होइनन् । थापा र खतिवडा कांग्रेसमा सम्भावना बोकेका युवा नेताहरू हुन् ।

निर्वाचनको बेला थापा र खतिवडालाई चुकली हालेर स्वार्थपूर्ति गर्ने समूहबाट उनीहरू दुबै सर्तक हुनुपर्छ ।

स्वार्थी र भूमिगत गिरोहले थापा र खतिवडालाई भिडाउन ती षड्यन्त्रकारी लागेका छन् । निर्वाचनको मुखमा थापा र खतिवडालाई भूमिगत गिरोहले किन भिडाउन खोजेको हो रहस्यपूर्ण छ ।

महामन्त्री थापा भविष्यमा पार्टी सभापति प्रधानमन्त्री हुन सक्लान त्यो कांग्रेसको लागि खुसीको कुरा हुनेछ । थापालाई खतिवडाबाट कुनै खतरा छैन र रहँदैन पनि ।

खतिवडालाई देखाएर थापा र खतिवडाबीच विभाजन गर्न खोज्ने गिरोहबाट दुबै नेताहरू सर्तक हुनुपर्नेछ । खतिवडाले थापाविरुद्ध लागेको भनेर आएको समाचारको खण्डन गरेका छन् ।

बिहीबार खतिवडाले ट्वीट गरेर भनेका छन्, ‘नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध रामहरि खतिवडा भन्ने समाचार आयो । यो गलत समाचार हो ।’

‘म पार्टीको इमान्दार सिपाही हो’, उनले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउन निरन्तर लागि रहनेछु । नेता र पार्टीलाई कमजोर बनाउन कोही नलागौं । म लाग्दिन । मसबै नेतालाई सम्मान गर्छु ।’

Published : Thursday, 2022 September 15, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया