सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालमा एकजना एआईजीको दरबन्दी थप गरेको छ ।

कार्य तथा सीमा सुरक्षा विभाग फुटाएर एआईजीको दरबन्दी थप गरिएको हो ।

एकजना एआईजीको दरबन्दी थपिएको पत्र गृह मन्त्रालयबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हलचोकमा पुगिसकेको स्रोतको भनाइ छ ।

भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट एआईजीको एउटा दरबन्दी थप्ने निर्णय भएको बुझिएको छ ।

Published : Wednesday, 2022 September 14, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया