ओलीले मन पराएका एआईजीको सरुवा, डीआईजी कुँवरलाई पावरफुल जिम्मेवारी
काठमाडौं । नेपाल प्रहरीका एआईजी सहकुलबहादुर थापाको सरुवा भएको छ ।
सरकारले एआईजी थापाको सरुवासँगै कार्यविभागमा कार्यरत डीआईजी वसन्त कुँवरलाई चुनावी कमाण्डको जिम्मेवारी दिइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थापालाई सरुवा गरेको हो ।
थापा नेपाल प्रहरीका निर्वाचन सेलका संयोजक थिए । थापाले यसअघि स्थानीय तहको निर्वाचनमा चुनावी कमाण्डरको काम गरेका थिए ।
एआईजी थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि यसअघि नै उनी नेतृत्वको केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो ।
सेलले काम थालिनसक्दै प्रमुख थापाको सरुवा भएको छ ।
यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्दराज आचार्यले भदौ २३ देखि अवकाश पाएपछि निर्देशक पद रिक्त थियो । सोही रिक्त स्थानमा एआईजी थापालाई पठाइएको छ ।
एआईजी थापालाई एमाले समर्थकको आरोप लाग्दै आएको छ । तत्कालीन झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारले थापालाई बढुवा गरेको थियो । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले एआईजी थापालाई निकै मन पराउँछन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया