ढुंगेललाई गृह वा कानूनमन्त्री बनाउन नेविसंघको सुझाव
काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले व्यक्ति हत्याको अभियोगमा आजीवन कारावास सजाय पाएका तत्कालीन माओवादीका नेता एवम् सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिएपछि लोकतन्त्र र कानून शासन चाहनेहरूले विरोध गरेका छन् ।
अपराधीलाई आममाफी दिएको विरोधमा सामाजिक सञ्जालमा ओलीको कम्युनिस्ट सरकारको ठूलो आलोचना भइरहेको छ ।
केही व्यक्तिले ओली सरकारको कानून मन्त्र बनाउन ढुंगेललाई सुझाव दिएका छन् । नेविसंघका नेता दिनेशचन्द्र थपलियाले भनेका छन्, ‘बालकृष्ण ढुंगेल कानून मन्त्री बनेको हेर्न तीब्र इच्छा छ ।’
कसै–कसैले हत्यारा ढुंगेललाई गृहमन्त्री बनाउन सुझाव दिएका छन् । रोजी ढकाल पराजुलीले ढुंगेललाई गृहमन्त्री बनाएर पुरस्कृत गर्नुपर्ने व्याङ्ग्य गरेकी छिन् ।
सामाजिक सञ्जालमा नेकपाबाट राष्ट्रिय सभामा मनोनीत सांसद रामनारायण बिडारीलाई हटाएर ढुंगेललाई सांसद बनाउन पनि व्याङ्ग्य गरिएको छ । त्यसपछि ढुंगेललाई मन्त्री बनाउन बाटो खुल्ने सल्लाह पनि कम्युनिस्ट प्रधानमन्त्री ओली दिइएको छ ।
ढुंगेललाई कम्युनिस्ट सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । त्यसपछि ज्यानमारा ढुंगेल मंगलबार बिहानै छुटेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत