उपाध्यक्षसहितका नेता कार्यकर्तालाई सुनिल थापाद्वारा कांग्रेसमा भव्य स्वागत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सनिलबहादुर थापाले विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।
शुक्रबार धनकुटामा आयोजित कार्यक्रममा थापाले जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
नेता थापाको विशेष पहलमा जसपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
जसपाका धनकुटाका उपाध्यक्ष विकास घिमिरे, सचिव श्रीराम रायमाझीसहित सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा भक्त थापा, मेखबहादुर राई, दिलकुमार राई, भुवन राई, राजबहादुर राई, देवेन्द्र राई, शुक्र राई, राजन राई, सुवास राई, विशाल राई, ईन्द्रबहादुर राई, सविन राई, भीम राई, चिरञ्जीवी बस्यल, सुरज लिम्बू, श्याम श्रेष्ठ, राजु श्रेष्ठ, बालकुमार श्रेष्ठ, शुक्रबहादुर राई, कयेस राई, जसमान राई रहेका छन् ।
चन्द्रध्वज राई, चुनु राई, रत्नमाया राई, नारायण राई, रत्नमाया राई, दिपक घिमिरे, दिनेश घिमिरे, सन्तोष थापा, दीपक राई, वीरबहादुर राई, हर्कबहादुर राई, सुनिता सार्की, विमला सार्की, मिलन विमपा, यज्ञबहादुर राई पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
इन्दिरा घिमिरे, रमला घिमिरे, प्रमिला रसाईली, ममिता रसाइली, लक्ष्मी बराइलीलगायतलाई नेता थापाले पार्टीमा स्वागत गरेका छन् ।
कांग्रेस प्रवेश गरेकाहरूले धनकुटामा नेकपा (एमाले)का उम्मेदवारलाई हराउन सक्ने थापासँग मात्र क्षमता छ ।
धनकुटाबाट नेता थापा उम्मेदवार बन्ने पक्का छ । उनी शक्ति सञ्चयमा लागेका छन् । थापाले जिल्लाका कुना काप्चा पुगेर संगठन सुदृढ बनाइरहेका छन् । थापाले विभिन्न दलका नेता कार्यकर्तालाई कांग्रेसमा धमाधम प्रवेश गराइरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया