मलेसियामा धनुषाका सुरजको मृत्युदण्डको सजाय परिवर्तन
काठमाडौं । मलेसियामा कर्तव्य ज्यान मुद्दामा मृत्यु दण्डको सजाय पाएका धनुषाका सुरजदेव साह तेली अब १२ वर्ष जेलमा बस्नु पर्ने भएको छ ।
मलेसियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय पाएका तेलीलाई जेल सजायमा परिवर्तन गरिदिएको छ ।
रोजगारीका लागि मलेसिया गएका धनुषाको गोविन्दपुरका तेलीलाई सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा मृत्यु दण्ड सजाय दिइएको थियो ।
अगस्टमा उनलाई मलेसियाको फौजदारी संहिताले मृत्युदण्डको सजाय तोकिएको थियो ।
अदालतको फैसला र मृत्युदण्डको सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा मलेसियाको पुत्रजयास्थित पुनरावेदन अदालतले ८ सेप्टेम्बर २०३३ को मृत्युदण्डको सजायलाई १२ वर्ष जेल सजायमा परिवर्तन गरिदिएको छ ।
तेली अब बाँकी सजाय सकिएपछि नेपाल फर्किनेछन् ।
Published : Thursday, 2022 September 8, 8:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया