कांग्रेसका सांसद राजभण्डारीले देखाए उच्च नैतिकता, चकित परे धन्दावाल सांसदहरू
काठमाडौं । केही पूर्वसांसदहरूले कुटनैतिक राहदानी (रातो पासपोर्ट) नबुझाएर धन्दा चलाइरहेका बेला नेपाली कांग्रेसका सांसद दीव्यमणि राजभण्डारीले रातो पासपोर्ट फिर्ता गरेका छन् ।
कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद राजभण्डारीले सांसदको सुविधामा पाउने रातो पासपोर्ट परराष्ट्र मन्त्रालयलाई फिर्ता गरेका छन् ।
संसदको कार्यकाल सकिन केही दिन बाँकी रहेका बेला राजभण्डारीले सुविधाको रातो पासपोर्ट फिर्ता गरेका हुन् ।
उनले रातो पासपोर्टको प्रयोजनका कुनै काम नभएकाले फिर्ता गरेको बताएका छन् ।
रातो पासपोर्ट आफूसँगै राख्दा हराउने र अरू कसैले दुरुपयोग गरिदिने सम्भावना रहेकाले पासपोर्ट फिर्ता गरेको उनले बताएका छन् ।
विगतमा केही सांसदहरूले रातो पासपोर्ट (कुटनैतिक पासपोर्ट) विदेश मान्छे पठाउन दुरुपयोग गरेका थिए । अहिले पनि केही सांसद रातो पासपोर्ट फिर्ता गरेका छैनन् ।
उनीहरूले अहिले पनि सुविधाको रातो पासपोर्ट बोकेर विदेश मान्छे पठाउने जस्ता धन्दा गरिरहेका छन् । उनीहरू खेतीपाती अहिले पनि उस्तै छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया