रामहरि खतिवडाद्वारा एमालेका तीन नेताहरूसँग फोनमा कुराकानी, राजनीतिक संस्कार देखाए
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एमालेका तीन जना नेतालाई फोन गरेर निर्वाचनमा लोकतान्त्रिक प्रतिस्पर्धाको निम्तो दिएका छन् ।
बुधबार खतिवडाले एमाले ओखलढुंगाका तीन जना नेताहरूलाई फोन गरेर प्रतिनिधि सभाको पार्टीबाट टिकट लिन आग्रह गरे ।
खतिवडाले एमालेका नेताहरू अमिरबाबु गुरुङ, किशोर अधिकारी र यज्ञराज सुनुवारलाई फोन गरेर लोकतान्त्रिक र स्वच्छ प्रतिस्पर्धाका लागि आग्रह गरेका हुन् ।
कांग्रेस र एमालेबाट ओखलढुंगामा जसले टिकट पाए पनि निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने खतिवडाले बताएका छन् । गालीगलौजको राजनीतिले कसैलाई पनि राम्रो नहुने खतिवडाले बताएका छन् ।
पूर्वसांसद समेत रहेका कांग्रेस नेता खतिवडाले राजनीतिक संस्कार देखाउँदै एमालेबाट टिकटका लागि सिफारिस भएका ३ जना नेताहरूलाई टिकट लिन सफल हुन आग्रह गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया