भारतीय सेना प्रमुख पाण्डेद्वारा प्रधानमन्त्रीसँग भेट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाका प्रमुख मनोज पाण्डेले भेटवार्ता गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग प्रमुख पाण्डेले शिष्टाचार भेटवार्ता गरेको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटवार्तामा भारतीय राजदूत नवीन श्रीवास्तव र अन्य उच्चअधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
भेटमा जनरल पाण्डेले आफ्नो भ्रमण कार्य तालिकाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका छन् ।
नेपाल सरकारले देखाएको न्यानो आतिथ्यप्रति व्यक्तिगत रुपमा उनले आभार प्रकट गरेका छन् ।
प्रमुख जनरल पाण्डेले दुई देशबीचको रक्षा सहकार्यलाई थप मजबुत बनाउन प्रयास गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनरल पाण्डेले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया