राप्तीमा ‘जनताको साथमा कांग्रेस’, रुखमा भोट हाल्न सुशीलाको अपील
पिपरी । नेपाली कांग्रेस राप्ती गाउँपालिका कार्यसमिति दाङले ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रम गरेको छ ।
मंगलवार पीपरीमा आयोजना गरिएको कार्यक्रममा विगतको अधिवेशन र निर्वाचनलाई मध्यनजर गर्दै जनताको साथमा कसरी नेपाली काग्रेस रहन्छ भन्ने विषयमा अन्तरक्रिया भएको छ ।
नेपाली कांग्रेस लुम्विननी प्रदेश सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘जनताको साथमा कांग्रेस’ अभियानका बारेमा जानकारी गरिएको छ ।
दाङमा भदौ १० देखि सुरु गरिएको अभियानलाई मंगलवार राप्ती गाउँपालिकामा एक कार्यक्रमका वीच निरन्तरता दिँदै आगामी वीपी जन्मजयन्ती अर्थात भदौ २४ गतेसम्म वडा गत रुपमा सञ्चालन गरिनेछ ।
कार्यक्रममा पूर्वसांसद सुशीला चौधरीले चुनावमा सबै तिक्तताहरू छाडेर चुनाव चिन्ह रुखमा भोट हालेर सबै उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेकी छिन् ।
राप्ती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष प्रकाश सुवेदी, पूर्वसांसद सुशीला चौधरी, महाधिबेशन प्रतिनिधि असोदा चौधरी, विलोचन चौधरी, हरि भुसाल, महासमिति सदस्य नुमानन्द सुवेदी, प्रदेश सभापति श्रीपद चौधरी, ताराबहादुर डिसी, दोर्ण भुसाल, आत्माराम भट्टराई, गोवर्धन रावत, बेदप्रसाद चौधरी, लक्ष्मण चौधरी जगदम्वाकुमारी चौधरी, मंगल चौधरी, पोमलाल गिरी लगायतले सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेसले अभियानमा मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने,
जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने, जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरूबारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने कार्यविधि छ ।
कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने उदेश्य रहेको छ ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया