सर्वोच्चका लागि यी तीन न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।

न्याय परिषदको मंगलबार बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र प्रा.डा.डीएन पराजुलीको नाम सिफारिस गरेको छ ।

सर्वोच्चको न्यायाधीश सिफारिस भएका मध्ये नीता गौतम दीक्षित उच्च अदालतको मुख्य न्यायाधीश हुन् ।

विनोद शर्मा उच्च अदालतको कामु मुख्य न्यायाधीश हुन् ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन् ।

Published : Tuesday, 2022 September 6, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया