रोजनले खोटाङ कांग्रेसमा कमाल गरे, बालुवाटारसम्म पुग्यो चर्चा
दिक्तेल । नेपाली कांग्रेस खोटाङले युवा नेता रोजन राईलाई प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फको उम्मेदवारका लागि टिकटमा सिफारिस गरेको छ ।
जिल्लाबाट यसरी प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा सिफरिस हुनेमा रोजन मात्र एक्लो नेता हुन् ।
खोटाङमा चर्चित नेताका रुपमा रहेका रोजन पार्टीको पटक÷पटक महाधिवेशन प्रतिनिधि भएको छ ।
नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय कार्यसमितिको केन्द्रीय विभागमा सदस्य हुँदै काम गरेको अनुभव उनीसँग छ ।
विद्यार्थी आन्दोलन होस् वा लोकतान्त्रिक आन्दोलन, सधै अग्र पंक्तिमा र अग्रमोर्चामा लड्ने नेता हुन्, उनी ।
कांग्रेसभित्र टिकट पाउने नपाउनेमा पार्टी गुटको प्रभाव पनि पर्ने गर्छ । युवा नेता रोजन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निकट मानिन्छन् ।
रोजनलाई गृहमन्त्री बालकृष्ण खाण र सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सहयोग र आशीर्वाद रहने स्थानीय नेताहरूको भनाइ छ । खाण र कार्कीले पनि युवा नेता रोजनलाई नै टिकटका लागि पहल गर्न सक्ने चर्चा खोटाङमा छ ।
त्यसो त लामो समय विद्यार्थी राजनीति गरेका कारण नेविसंघकै पृष्ठभूमिबाट महामन्त्री बनेका विश्वप्रकास शर्मा, गगनकुमार थापा सह–महामन्त्रीहरू किशोरसिंह राठोर र बद्री पाण्डेसँग पनि उनको राम्रो सम्बन्ध छ ।
यसपटक रोजनलाई पछाडि पार्न अन्य आकांक्षीलाई गाह्रो पर्ने देखिन्छ ।
रोजनसँगै प्रतिनिधि सभा सदस्यमा सुवासकुमार पोखरेल, भुपेन्द्र राई, डा. राजकुमार राई, आरपी आचार्य, योगेन्द्र राई र सर्बधन राई सिफारिसमा परेका छन् ।
प्रदेश सभाको समानुपातिकतर्फ रोजन राईको एक नम्वरमा नाम सिफारिस भएको छ ।
रोजनसँगै देवी राई, दुरेन्द्र राई, पेशलकुमार राई, डिल्लीकुमारी आचार्य, राजन राई र हीरा निरौला पनि आकांक्षी रहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया