कांग्रेसद्वारा वैदेशिक रोजगार व्यवसायी ढकाललाई लुम्बिनीबाट टिकटमा सिफारिस

बुटवल । नेपाली कांग्रेसका युवा नेता विमल ढकाल लुम्बिनी प्रदेशको प्रदेश सभा सांसदका लागि सिफारिस भएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक समेत रहेका नेताढकाललाई रुपन्देही कांग्रेसको क्षेत्र नं. ३ ले रुपन्देही– ३ ‘ख’बाट प्रदेश सभा सांसदमा प्रत्यक्षतर्फ उम्मेदवारी सिफारिस गरेको छ ।

व्यवसायी ढकाल गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणको निर्वाचन क्षेत्रबाट प्रदेशसभातर्फ प्रत्यक्षमा सिफारिस भएको हो ।

Published : Monday, 2022 September 5, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया