दैलेख कांग्रेसको मूलधारमा आउन सभापति रेग्मीद्वारा आह्वान

दैलेख । नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले विभिन्न कारण बाध्यताले पार्टीभन्दा बाहिर रहेका साथीहरूलाई मूलधारमा आउन आह्वान गरेका छन् ।

सभापति रेग्मीले विज्ञप्ति जारी गरेर आगामी निर्वाचनमा कांग्रेस पार्टीको बहुमत ल्याउन र लोकतन्त्रलाई थप बलियो बनाउन सबै कार्यकर्ता एकजुट भएर मात्र सम्भव रहेको बताए । उनले राष्ट्रिय मेलमिलाप नीतिको प्रशंग जोड्दै सभापति रेग्मीले लोकतन्त्रमा फरक मतको सम्मान पनि हुने बताए ।

बिना संकोच बिना सर्त नेपाली कांग्रेसदेखि अलग रहेका साथीहरू मूलधारमा फर्किन आह्वान गरेका छन् ।

यसका लागि भदौ १७ गते पनि जिल्ला कार्यसमिति बैठकमा अलग रहेका साथीहरूलाई मूलधारमा ल्याउने प्रारम्भ गर्नबारे छलफल गरिएको थियो ।

दैलेख कांग्रेसले आसन्न निर्वाचनलाई सफल गर्न दुई क्षेत्रका सवै ९० वटा वडाका कार्यकर्ताहरूमा एकता कायम र सुदृढ संगठन निर्माणका निम्ति सभापतिले गरेको कदम अग्रगामी भएको सह–सचिव महेन्द्रबहादुर शाहीले बताए ।

Published : Monday, 2022 September 5, 10:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया