कांग्रेसद्वारा राज्यमन्त्री श्रेष्ठको नाम चितवन– २ बाट सिफारिस
भरतपुर । नेपाली कांग्रेसले चितवनको क्षेत्र नं. २ मा उमेश श्रेष्ठसहितका नेताहरूलाई सिफारिस गरेको छ ।
क्षेत्रीय कार्यसमितिले श्रेष्ठसँगै चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ र राजेश्वर खनाललाई सिफारिस गरिएको क्षेत्रीय सभापति भरत लामिछानेले बताएका छन् ।
क्षेत्र नं. २ बाट कांग्रेसका ५ जना आकांक्षी देखिएका छन् ।
क्षेत्रीय समितिले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ५ गरी १० जनाको नाम माथिल्लो तहमा सिफारिस गरेको छ ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ प्रकाश अधिकारी र राजन कार्कीको नाम पनि सिफारिस भएको छ ।
समानुपातिकतर्फ केन्द्रीय सदस्य शान्ति परियार बिक, गौरीकुमारी श्रेष्ठ, शालिग्राम शर्मा पौडेल, रामकुमार श्रेष्ठ र पवित्रा केसीको नाम सिफारिस भएको छ ।
Published : Sunday, 2022 September 4, 10:14 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया