काठमाडौं– ५ ‘क’मा युवा नेता सापकोटालाई कांग्रेसद्वारा प्रत्यक्षतर्फ सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले युवा नेता भैरव सापकोटा काठमाडौं क्षेत्र नं. ५ ‘क’ प्रदेश सभातर्फ उम्मेदवारको सिफारिसमा परेका छन् ।

प्रदेश सभा कार्यसमितिले नेता सापकोटालाई ‘क’मा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन क्षेत्रीय कार्यसमितिलाई सिफारिस गरेको हो ।

काठमाडौंको चण्डोलमा जन्मिएर सक्रिय राजनीति गर्दै आएका सापकोटा समाजसेवी पनि हुन् ।

उनले कांग्रेसको मात्रै राजनीति गर्दैनन् । गाउँ, टोली, समाजमा हुने सबै कार्यमा सापकोटा पुग्ने गरेका छन् । पार्टीका नेता कार्यकर्ता हुन् वा समाजमा समस्यामा परेका व्यक्तिलाई सापकोटाले संरक्षण गर्दै आएका छन् ।

नेता सापकोटा सो क्षेत्रमा लोकप्रिय मानिन्छन् । मतदाताहरूले पनि सापकोटालाई रुचाउँछन् । उनको राजनीतिक जग राम्रो मानिन्छ ।

कुनै पनि कार्यक्रममा सहभागी हुँदा कांग्रेसका नेता सापकोटाको उपस्थितिले कम्युनिस्टहरू तर्सिने गर्छन् ।

नेविसंघको राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका युवा नेता सापकोटाले भानुभक्त मेमोरियल स्कुलबाट नेतृत्व गर्न शुरु गरेका थिए ।

नेता सापकोटाले भने, ‘कांग्रेसलाई जिताउनुपर्छ । हामी सबैको प्रयासले कांग्रेसले जित्नेछ । मलाई प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गर्ने कार्यसमितिलाई धन्यावाद ।’

सापकोटा काठमाडौं कांग्रेसका निकै सम्भावना बोकेका युवा नेतामा पर्छन् ।

Published : Sunday, 2022 September 4, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया