बर्दघाटका भट्टराई काठमाडौंमा एक झोला पैसासहित पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपियाँसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–६ बस्ने २२ वर्षीय टीकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई नगदसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Saturday, 2022 September 3, 5:32 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया