तरुणहरूका लोकप्रिय नेता बस्नेत ललितपुर–३ मा नं. १ मा सिफारिस
जावलाखेल । नेपाली कांग्रेस ललितपुरले केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतलाई ललितपुर– ३ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
कांग्रेसले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य बस्नेतलाई पहिलो नम्बरमा सिफारिस गरेको हो । बस्नेतसँगै चार जना सिफारिसमा परेका छन् ।
क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा बस्नेतलाई राखेपछि विद्यार्थी र तरुणहरूमा उत्साह छाएको छ ।
प्रतिनिधि सभामा मदनबहादुर अमात्य, धना खतिवडा र विजया केसी श्रेष्ठको नाम सिफारिस भएको छ ।
ललितपुर– ३ कांग्रेसको भागमा परेमा टिकट पाउनका लागि बस्नेतको पहिलो हक लाग्नेछ । टिकटका लागि अरु नेताहरूले पनि जोडबल गर्नेछन् ।
अघिल्लो निर्वाचनमा ललितपुर– ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएकी थिइन् । गतिलो काम नगरेका कारण भुसाल यस पटक प्रतिस्पर्धा गर्न डराइरहेकी छिन् । भुसालजस्ता ‘टुरिष्ट’ उम्मेदवारहरूका कारण ललितपुरको विकास पछाडि परेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया