जयकृष्ण, किरणसहितका नेताहरु कांग्रेसबाट टिकटमा सिफारिस
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ९ ले उम्मेदवारको नामावली तय गरेको छ ।
क्षेत्रीय कार्यसमितिले आगामी मंसिर –४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ ६ जना उम्मेदवारको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ ४ जना उम्मेदवारको नाम पार्टीको निर्देशानुसार सिफारिस गरेको पूर्वकेन्द्रीय सदस्य किरण गिरीले जानकारी दिएका छन् ।
प्रतिनिधि सभातर्फ प्रत्यक्षमा जयकृष्ण महर्जन, ध्यनगोविन्द रञ्जित, नानू बास्तोला, धर्मराज गौतम, तीर्थराम डंगोल, गौरीप्रसाद दवाडीको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फका उम्मेदवारहरु हुनेमा किरण गिरी, दामोदर गौतम, बासु कार्की, बन्दना खडका रहेका छन् ।
प्रत्यक्ष र समानुपातिक दुबैतर्फ १० जना उम्मेदवारको नामावली पठाउने निर्णय भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया