स्वास्थ्य मन्त्रालयद्वारा ठूला कर्मचारीहरूको सरुवा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा.रुद्र मरासिनीलाई हटाएको छ ।
मन्त्रालयले डा.मरासिनीलाई महाशाखाबाट हटाएर राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले महाशाखामा डा.सर्वेश शर्मालाई सरुवा गरिएको छ ।
ट्रमामा यसअघि डा. प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।
राधिका थपलियालाई प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा सरुवा गरिएको छ ।
प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा यसअघि नारायण ढकाललाई थिए ।
ण्काल जान नमानेपछि थपलियालाई पठाइएको छ ।
कारागार अस्पतालको निर्देशकमा डा.प्रकाश बुढाथोकीलाई पठाइएको छ ।
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा लक्ष्मीनारायण यादवलाई जिम्मेवारी दिइएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया