तीजको नाच हेर्ने क्रममा झडप हुँदा एकको मृत्यु, अछाममा नालीमा शव भेटियो
काठमाठौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।
तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।
घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ’, जिसीले भने, ‘अनुसन्धान हुँदैछ । मृतकको टाउकोमा गम्भीर चोट छ ।’
प्रहरीले घटनामा संलग्नको पहिचान र खोजी जारी राखेको जनाएको छ ।
उता, अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मंगलबार राति करीब करिब ११ बजेतिर २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनकी श्रीमतीले धामी मृत परेको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो ।
धामी सडक किनारमा रहेको नालीमा मृत फेला परेका थिए ।
अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत विनायक बजार नजिकै सडकको नालीमा धामी मृत भेटिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया