कांग्रेसको निर्वाचन समितिका संयोजक फेरिए, यादवको राजीनामा, घिमिरे मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले केन्द्रीय निर्वाचिन समितिको संयोजक पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।
कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘सभापति शेरबहादुर देउवासमक्ष वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले आफ्नो स्वास्थ्यको कारण जनाई, पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकको पदबाट दिनुभएको राजीनामा सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम स्वीकृत गर्नुभएको छ ।’
केन्द्रीय निर्वाचित समितिको संयोजकको जिम्मेवारीमा रहि निर्वाह गरेको नेतृत्व भूमिकाप्रति देउवाले यादवलाई धन्यावाद दिएका छन् ।
यसैबीच, सभापति देउवाले समितिका वरिष्ठ सदस्य एवम् वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया