यी धनी नेता बने कांग्रेसको जिल्ला सभापति, फराकिलो मतले निर्वाचित

इलाम । नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा युवा नेता डम्बर खड्का निर्वाचित भएका छन् ।

शनिबार खड्काले ९ सय ३५ मतसहित जितेका हुन् । सभापतिमा विर्नाचित खड्का सभापति शेरबहादुर देउवा निकटका हुन् ।

सभापतिका उम्मेदवार भेषराज आचार्यले ७ सय ७५ मत पाएका थिए । पराजित भएका आचार्य नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् ।

खड्काले १ सय ६० मतको फराकिलो मतअन्तरले जितेका हुन् ।

उप–सभापतिमा खगेन्द्र देवान विजयी भएका छन् । देवानले ८७४ मत पाएका छन् । उप–साभपतिमा विष्णुकुमारी दाहाल लिम्वु ७७८ मतसहित विजयी भएकी छिन् ।

सचिवमा पूर्णप्रसाद गौतम ८१९ मतसहित निर्वाचित भएका छन् । सचिवमै निरोज खड्गी ७९३ मतसहित विजयी भएका छन् ।

सह–सचिवमा डालकुमारी कार्की ८६५ र देवेन्द्रकुमार सुवेदी ७८१ मतसहित निर्वाचित भएका छन् ।

सभापतिमा खड्का निर्वाचित भए पनि पूरै प्यानललाई विजयी बनाउन सकेनन् ।

ठेकेदार पृष्ठभूमिका खड्का समाजसेवीका रुपमा परिचित छन् । खड्कासँग पैसा र भौतिक सम्पत्ति टन्नै छ । सामान्य परिवारबाट राजनीति र व्यवसायमा प्रवेश गरेका खड्काले छोटो समयमा राजनीति र व्यापारमा उपब्धी हासिल गरेका हुन् ।

Published : Sunday, 2021 November 28, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया