कांग्रेसको लुम्बिनी प्रदेश महामन्त्रीमा विमल ढकालको उम्मेदवारी

भैरहवा । नेपाली कांग्रेसका युवा नेता विमल ढकालले लुम्बिनी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने जनाएका छन् ।

नेता ढकालले लुम्बिनी प्रदेशमा महामन्त्रीमा उम्मेदवारी दिन कांग्रेसका नेता तथा शभेच्छुकहरूले आग्रह गरेको बताएका छन् ।

उनले सभापति शेरबहादुर देउवाको टिमबाट महामन्त्रीमा उम्मेदवारी दिने बताए । त्यसका लागि सबै तयारी गरेको उनले बताएका छन् ।

‘लुम्बिनी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने योजनमा छु’, नेता ढकालले भने, ‘पार्टीका अग्रज नेता, शुभेच्छुक र नेता कार्यकर्ताको सुझावअनुसार अगाडि बढ्नेछु ।’

नेपाली कांग्रेस रुपन्देहीको क्षेत्रीय अधिवेशनमा लोकप्रिय मतसहित महाधिवेशनमा निर्वाचित नेता ढकाललाई लुम्बिनी प्रदेशको महामन्त्रीमा पदमा उम्मेदवारी दिन नेता कार्यकर्ताको सुझाव छ ।

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय समितिको केन्द्रीय सदस्य केन्द्रीय सदस्य समेत रहेका नेता ढकाललाई सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

ढकाल प्रतिनिधि सभाका सांसद विनोद चौधरी संयोजक रहेको गरिखाने अभियानका लुम्बिनी प्रदेशका संयोजक पनि हुन् ।

नेता ढकाल कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य र नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका केन्द्रीय सदस्य हुन् ।

रुपन्देही कांग्रेसको राजनीतिमा नजिकबाट दखल राख्ने युवा नेता ढकाल गृहमन्त्री बालकृष्ण खाणसँग पनि नजिक छन् ।

Published : Saturday, 2021 November 27, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया