कांग्रेसको महाधिवेशन प्रचारका लागि समिति गठन, को–को छन् सदस्य ?
काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशन प्रचार प्रसारका लागि ‘१४औँ महाधिवेशन प्रचार प्रसार समिति’ गठन भएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन भएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिको सदस्यमा केन्द्रीय कार्यसमितिका सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलिप राई रहेका छन् ।
सदस्यमा सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू, नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरू, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू, काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू रहेका छन् ।
प्रचार प्रसार समितिको सचिवालयका रुपमा प्रचार विभागको उपत्यका स्थित पदाधिकारी र सदस्य एवं प्रेस युनियन केन्द्रीय सचिवालयका साथीहरू रहने विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया