कांग्रेसका युवा नेता खनालद्वारा लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले लुम्बिनी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
दाङ कांग्रेसबाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका खनालले कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले सभापतिमा उम्मेदवारी दिने जनाए पनि टिमका नेता, साथी र शुभेच्छुकहरूको परामर्शमा अगाडि बढ्ने बताएका छन् ।
युवा नेता खनालले आफूले लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिन इच्छुक रहेको जानकारी शीर्ष नेताहरूसँगको अनौपचारिक कुराकानीमा गरेको बताएका छन् ।
उनले भने, ‘मैले लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिन्छु । तर, टिमका साथीहरूको पनि परामर्श र सल्लामा अगाडि बढ्नेछु । टिमभित्र बाधक बन्नेछैन ।’
नेता खनालले लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिने वातावरण बन्न सकेन भने केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने योजना रहेको बताएका छन् । प्रदेशको पदाधिकारीमा भने उनले उम्मेदवारी दिने छैनन् ।
दाङ क्षेत्र नं. २ मा आफू निकटका नेताहरूलाई जिताउन भूमिका खेलेका खनाल युवाहरूका बीच लोकप्रिय छन् ।
पूर्वसांसद खनाल सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । कांग्रेसको संगठन विभागको केन्द्रीय सदस्य समेत रहेका खनाललाई पार्टीले लुम्बिनी प्रदेशको संगठन विभागको संयोजकको जिम्मेवारी पनि दिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया