कम्युनिस्टसँग भिडेर बसेका थापाद्वारा भक्तपुर कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

सभापति शेरबहादुर देउवा निकट मानिने थापाले बिहीबार भक्तपुर कांग्रेसको सभापतिमा उम्मेदवारी दिने जनाएका हुन् । थापाले आफूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

थापा भक्तपुर कांग्रेसको यसअघि पनि सभापति थिए । उनले दोस्रो कार्यकालका लागि पुनः उम्मेदवारी दिन लागेका छन् ।

थापाले भक्तपुरमा कांग्रेसका लागि कम्युनिस्टसँग भिडेर बसेका छन् । नारायणमान विजुक्छेको नेमकिपा र एमालेसँग कडा टक्कर लिएर बसेका थापाले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउँदै आएका छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेका थिए । त्यस बेला भक्तपुर कांग्रेसलाई केही समस्या भएको थियो ।

प्रदेशतर्फको उप–निर्वाचनमा थापाले कांग्रेसका उम्मेदवारलाई जिताएका थिए ।

Published : Thursday, 2021 November 25, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया