देउवाले एमालेको महाधिवेशनलाई सम्बोधन गरेर ओलीका नेता कार्यकर्तालाई लठ्ठै पार्ने
भरतपुर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार चितवनको नारायणगढको नारायणी नदी किनारमा हुने एमालेको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्नेछन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देउवालाई सम्बोधन गर्न निम्तो पठाएका छन् ।
देउवा शुक्रबार बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने कार्यक्रम रहेको चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए । देउवा हेलिकोप्टरबाट आउनेछन् ।
नारायणी नदी किनारमा हुने एमालेको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेर देउवा दिउँसो १:१५ बजे फर्कने कार्यक्रम छ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुरले एमालेको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन ।
अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन् ।
एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा एमालेले पाँच लाख नेता कार्यकर्ता सहभागी हुने दाबी गरेको छ । बन्दसत्र सौराहामा हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया