पूर्वमन्त्री उपाध्यायका छोरा आशिष कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश, लोकप्रिय मतसहित निर्वाचित
जितपुर । नेपाली कांग्रेसका युवा नेता आशिष शर्मा महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।
कपिलवस्तु जिल्लाको क्षेत्र नं. १ को अधिवेशनबाट शर्मा ३६१ मतसहित निर्वाचित भएका हुन् । शर्माले खुलातर्फ उम्मेदवारी दिएका थिए ।
स्थानीय कांग्रेसमा लोकप्रिय रहेका शर्माले आफूलाई १४औँ महाधिवेशनमा सक्रिय राजनीतिमा छिराएका छन् ।
युवा व्यवसायी समेत रहेका शर्मा कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा हुन् ।
शर्मा कांग्रेसको उद्योग वाणिज्य विभागका केन्द्रीय सदस्य छन् । शर्मा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
Published : Thursday, 2021 November 25, 9:38 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया