रामहरि खतिवडाको जिल्लामा कांग्रेस सभापति कसले जित्यो ?
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सभापतिमा तेजेन्द्र खनालले मतअन्तर फराकिलो बनाएका छन् ।
बुधबार बिहानदेखि शुरु भएको मतगणना राति पौने ११ बजेसम्म चलेको छ । अबको दुई घण्टाभित्र सभापति र पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ ।
पछिल्ला मतपरिणामअनुसार सभापति शेरबहादुर देउवा निकटका सभापतिका उम्मेदवार खनालले ६२५ मत पाएका छन् ।
खनाल कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको टिमका हुन् । खतिवडा सभापति देउवा निकट मानिन्छन् ।
प्रतिद्वन्द्वी नेता रामचन्द्र पौडेल निकटका बालकृष्ण दाहालले ५४१ मत पाएका छन् । सभापतिमा १ सय मत गणना गर्न बाँकी छ । सभापतिमा खनालले जित्ने पक्का सरह रहेको जिल्ला सदस्यका उम्मेदवार हुकुम राईले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिमा पूर्वसांसद एवम् कांग्रेसका युवा नेता रामहरि खतिवडाले ४१७ मत पाएका छन् । खतिवडाले सबैभन्दा धेरै मत पाएका हुन् । महाधिवेशनतर्फको मतगणना जारी छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया