रामहरि खतिवडाको जिल्लामा कांग्रेस सभापति कसले जित्यो ?

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सभापतिमा तेजेन्द्र खनालले मतअन्तर फराकिलो बनाएका छन् ।

बुधबार बिहानदेखि शुरु भएको मतगणना राति पौने ११ बजेसम्म चलेको छ । अबको दुई घण्टाभित्र सभापति र पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ ।

पछिल्ला मतपरिणामअनुसार सभापति शेरबहादुर देउवा निकटका सभापतिका उम्मेदवार खनालले ६२५ मत पाएका छन् ।

खनाल कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको टिमका हुन् । खतिवडा सभापति देउवा निकट मानिन्छन् ।

प्रतिद्वन्द्वी नेता रामचन्द्र पौडेल निकटका बालकृष्ण दाहालले ५४१ मत पाएका छन् । सभापतिमा १ सय मत गणना गर्न बाँकी छ । सभापतिमा खनालले जित्ने पक्का सरह रहेको जिल्ला सदस्यका उम्मेदवार हुकुम राईले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिमा पूर्वसांसद एवम् कांग्रेसका युवा नेता रामहरि खतिवडाले ४१७ मत पाएका छन् । खतिवडाले सबैभन्दा धेरै मत पाएका हुन् । महाधिवेशनतर्फको मतगणना जारी छ ।

Published : Wednesday, 2021 November 24, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया