कांग्रेसका युवा नेता भण्डारी गुल्मीबाट निर्वाचित
तम्घास । नेपाली कांग्रेसका युवा नेता मोती भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
मंगलबार गुल्मी क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनबाट भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । भण्डारीले आफूलाई मतदान गरेर निर्वाचित गराउन प्रतिनिधि, कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै युवा नेता भण्डारीले लुम्बिनी प्रदेश कार्यसमिति वा केन्द्रीय कार्यसमिति कुनमा उम्मेदवारी दिने हो सो विषयमा आन्तरिक परामर्शमा छन् ।
पार्टीका नेता तथा शुभेच्छुकहरूको सल्लाहअनुसार नै अबको राजनीतिक बाटो तय हुने उनले बताएका छन् ।
Published : Wednesday, 2021 November 24, 9:00 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया