नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्र मान्यता दिने सहमति
काठमाडौं । कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
पूर्ण रुपमा कोभिड–१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरूको यात्रा सहज बनाउन यो समझदारी पत्र एक महत्वपूर्ण कदम हुने विज्ञप्तिमा उल्लेख छ ।
भारत र नेपालबीचको कोभिड–१९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया