बालकृष्ण र ह्यारी, शेष, जीवा, उपेन्द्रबीच किन विभेद ?
बागलुङको हरि अमेरिका पुगेर ह्यारी बनेर एउटा शहरको म्युनिपालिसीको चुनावमा उठ्दा हामीले नेपालको नाम राख्यो भन्दै खुसीले उफ्रिदै ताली पिट्यौं ।
डोटीको एउटा केटाले अमेरिका पुगेर नासामा राम्रो उपलब्धि गरेपछि हामीले उसको प्रशंसामा आकाशै उचाल्यौं ।
सिराहाका उपेन्द्र महतोले रुस गएर कमाएको पैसाले कर्जन्हामा आएर अस्पताल बनाइदिंदा हामीले ताली पिट्यौं र तक्मा दियौं ।
गोरखाका शेष घलेले आस्ट्रेलिया गएर कमाएको पैसाले बार्पाकमा घर बनाइदिंदा हामीले ताली पिट्यौं र महान समाजसेवक भन्यौं ।
चितवनका जीवा लामिछानेले रुस गएर कमाएको पैसाले नेपालमा एउटा साहित्यिक पुरस्कार स्थापना गरिदिए, हामीले उनलाई महान साहित्यसेवक भन्यौं ।
स्याङ्जाका बालकृष्ण सुवेदीले भारत गएर आयुर्वेद उपचार पद्धतिलाई पुनर्जीवन दिएर कमाएको पैसाले नेपालमा आएर आयुर्वेद केन्द्र खोल्न लाग्दा भने हामीले बेस्सरी गाली गर्यौं ।
यहाँ प्रशंसा र प्रोत्साहनमा पनि पूर्वाग्रह र पक्षपात छ । हिन्दु धर्म र सनातन परम्परा जोडिनु हुन्न, हामी नेपालीहरू आँखा चिम्लिएर विरोध गर्न थालिहाल्छौं । हिन्दु विरोधी मानसिकता केही नेपालीहरूको मन र मस्तिष्कमा डल्लो परेर बसेको छ ।
(सामाजिक सञ्जालबाट साभार)
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया