सबैभन्दा धेरै मतसहित तरुण अध्यक्ष बस्नेत निर्वाचित, केन्द्रमा उम्मेदवार बन्ने बाटो खुल्यो
जावलाखेल । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
सोमबार ललितपुको क्षेत्र नं. ३ मा भएको क्षेत्रीय अधिवेशनबाट अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
बस्नेतले खुलातर्फ उम्मेदवारी दिएका थिए । उनले २७८ मत पाएका छन् । ३९९ मत रहेको क्षेत्र नं. ३ मा २७८ मत ल्याएर जितेपछि बस्नेतले सबै मतदाताहरूलाई धन्यावाद दिएका छन् ।
तरुण अध्यक्ष बस्नेतले १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै बस्नेतलाई केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न बाटो खुलेको छ ।
Published : Tuesday, 2021 November 23, 8:08 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया