खोटाङ कांग्रेसको सभापतिमा सर्वधनको जबर्जस्त वापसी, विष्णुलाई सबक सिकाउने

दिक्तेल । नेपाली कांग्रेस खोटाङको अधिवेशनमा सर्वधन राई र विष्ण राईले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सोमबार सर्वधन र विष्णुले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले टिम नै खडा गरेका छन् ।

सर्वधन सभापति शेरबहादुर देउवा निकटका हुन् । विष्ण नेता रामचन्द्र पौडेल–शशांक कोइराला निकटका हुन् ।

विष्णु राई यसअघि पनि खोटाङ जिल्लाको सभापति भइसकेका नेता हुन् । सभापति भएका बेला विष्णले खोटाङमा कांग्रेसलाई बलियो बनाउनेभन्दा पनि गुटको राजनीति गरेर कमजोर बनाएको आरोप छ ।

विष्णु राईले कांग्रेसलाई कमजोर बनाएपछि आलोचना भएको थियो ।

सर्वधन राई युवा नेता हुन् । प्रतिनिधि सभाको सांसद जितेर सहायक मन्त्री समेत बनिसकेका सर्वधन राई युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।

सबैसँग मिलेर जान सक्न भएका कारण सर्वधन राईलाई नेता कार्यकर्ताले मन पराउँछन् । विष्णु राईले नेता कार्यकर्तालाई गाली गर्ने, अहँकारको भावना रहेको भन्दै आलोचना हुने गरेको छ ।

खोटाङका नेता कार्यकर्ता र प्रतिनिधिहरूले यस पटक विष्णु राईसँग बदला लिने तयारी गरेका छन् । व्यक्तिगत स्वार्थका लागि विष्णु राईले कम्युनिस्टसँग समत तालमेल गर्ने गरेको आरोप छ ।

Published : Monday, 2021 November 22, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया