चर्चित गायक क्षेत्रीले दिए कांग्रेसमा उम्मेदवारी
कुश्मा । चर्चित लोक तथा दोहोरी गीतका गायक विमलराज क्षेत्रीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसका युवा नेता समेत रहका गायक क्षेत्रीले पर्वत कांग्रेसको अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । उनले आफूलाई मतदान गर्न क्षेत्रीय प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।
‘सम्पूर्ण पर्वतवासी नेपाली कांग्रेस पार्टीप्रति निष्ठावान आमावुवा, दाजुभाई र दिदीवहिनीहरू कांग्रेसको चौधो महाधिवेशनमा पर्वत जिल्लाबाट खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको छु । हजुरहरुको माया र आशीर्वादको अपेक्षा गर्दछु’, गायक क्षेत्रीले भनेका छन् ।
सयौँ गीतमा आवाज दिएका क्षेत्री राष्ट्रियस्तरमा चर्चित गायक हुन् । उनका गीतहरू लोकप्रिय छन् । पर्वत कांग्रेसको अधिवेशन सोमबारबाट सुरु भएको छ । कुश्मामा भव्य उद्घाटन भएको छ ।
गायक क्षेत्रीले जापान टोकियो, चैत देशैँ, भेटै नहुनी, जुनको किरण, लुम्ले काडे, आजसम्म, बोली काटेको जस्ता लोकप्रिय र चर्चित गीतहरूमा स्वर दिएका छन् ।
उनले औँठी कुसैको, हिमाल सेतै छ, डुल छ रनबन, कालीगंगा तरेँ, जिन्दगानीमा जस्ता गीतमा पनि उनले स्वर दिएका छन् । गायक क्षेत्रीका सबै गीतहरू लोकप्रिय छन् । गायक क्षेत्री दर्शक स्रोतले धेरै रुचाएका गायकमा पर्छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया