नेपालकै धनी व्यक्ति कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं । प्रतिनिधि सभाका सांसद समेत रहेका अर्बपति विनोद चौधरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

नवलपुर जिल्लामा भएको क्षेत्रीय अधिवेशनमा चौधरी सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । बाँकी प्रतिनिधि चयनका लागि मतदान हुनेछ ।

एमालेबाट प्रतिनिधि सभाको समानुपातिक सांसद बनेका चौधरीले एमाले छाडेर कांग्रेसबाट सांसद बनेका थिए ।

चौधरी नेपालका सबैभन्दा धनी व्यक्तिको सूचीमा छन् । उनले कांग्रेसबाट राजनीति शुरु गरेपछि पार्टीको अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

Published : Monday, 2021 November 22, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया