‘हेभिवेट’लाई हराउँदै १८ वर्षीया उषा कांग्रेसको प्रतिनिधिमा निर्वाचित

बाग्लुङ । बाग्लुङ जिल्लामा नेपाली कांग्रेसको अधिवेशनबाट १८ वर्षीया युवती प्रदेशतर्फको प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

बाग्लुङ जिल्लाको क्षेत्र नं. १ को ‘क’बाट सापकोटाले प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी थिइन् । शनिबार भएको अधिवेशनमा उनले शानदार मतका साथ जित हासिल गरेको कांग्रेसले जनाएको छ ।

देशभरि कांग्रेसको अधिवेशनमा युवाहरूले जबरजस्त उपस्थिति जनाइरहेका बेला बाग्लुङमा १८ वर्षीया सापकोटाले कमाल गरेकी छिन् ।

बाग्लुङ जिल्लामा मात्र नभइ अन्य जिल्लाहरूमा पनि युवाहरूले जित हासिल गरिरहेका छन् । सापकोटाले बाग्लुङमा हेभिवेट नेताहरूलाई चक्मा दिएर जित हासिल गरेकी छिन् । सापकोटा निर्वाचित भएपछि बधाइ दिनेको ओइरो लागेको छ ।

Published : Sunday, 2021 November 21, 8:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया