ताहाचलबाट गरिवलाई दुःख दिने सरकारी ‘दले’ पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका घुस्याहा कर्मचारीलाई रङ्गेहात पक्राउ गरेको छ ।
अख्तियारको टोलीले कार्यालयका नायव सुब्बा दुर्गाप्रसाद पोखरेललाई २१ हजार घुसको रकमसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘वैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेमप्रसाद काफ्लेमार्फत रु.२१ हजार घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियारले छापामारेको हो’, विज्ञप्तिमा उल्लेख छ ।
‘टोलीले नायब सुब्बा दुर्गाप्रसाद पोखरेल र बिचौलिया खेमप्रसाद काफ्लेलाई सेवाग्राहीबाट रु. २१ हजार रुपियाँ लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका वडा नं. १३, सोल्टिमोडस्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ’, अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया